
बुटव ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केवलानी चोकमा प्रतिक्षालय र सार्वजनिक शौचालय बन्ने भएको छ ।
लैंगिक र अपांगमैत्री शौचालय र आधुनिक प्रतिक्षालयको बिहीबार तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले शिलान्यास गरेका छन् ।
समाजसेवी धनेन्द्र कार्की र क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेयबाट १५ लाख रुपैयाँ र वडा कार्यालयबाट ३ लाख रुपैयाँ गरी १८ लाख रुपैयाँको लागतमा प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माण हुन लागेको हो ।



कार्यक्रममा वडाभित्रका ८ वटै टोल विकास संस्थाका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।









