
काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण शुक्रवार बिहान देशका उच्च पहाडी भू–भागहरुमा मौसम बदली रहेको छ।
तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।



दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए।
तर‚ प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षा र सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ।
बाँकी प्रदेशमा भने मौसम सफा रहने छ।








