
पाल्पा ।
तानसेन –तम्घास सडक खण्ड शुक्रबारदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।
पाल्पाको जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्नु पर्ने भएकाले माघ २८ गते शुक्रवार देखि फागुन १३ गते शुक्रबार सम्म रातीको समयमा बन्द हुने भएको छ । राति ९ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने जनाईएको छ ।



सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले एक सूचना जारी गर्दै उक्त अवधिमा सडक विस्तारको काम हुने भएकाले रातको समयमा सवारी साधनहरु नचलाउन आग्रह गरेका छन् ।









