
काठमाण्डौ ।
सर्वोच्च अदालतले आउँदो फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
सर्वोच्च अदालतको हिजो बिहीवार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले आउँदो फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।



यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि माघ ५ गतेदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।
यस अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो ।
अब आउँदो आइतवार फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन हुनेछन् ।








