
काठमाण्डौ ।
निर्वाचन आयोगले आसन्न पालिका तहको चुनाव र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथमा रहेको आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ ।



चुनावका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा चुनावसँग सम्वन्धित अन्य विषयमा सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मीट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।
पालिका तहको चुनाब यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । आयोगले प्रेस मीट सम्बन्धी सूचना वेबसाइटमा पनि राख्नेछ ।








