
दाङ ।
लुम्बिनी प्रदेश सरकारले आज आईतबार देखि तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ ।
स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।



सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ अर्थात आजदेखि फागुन ३ गते सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए ।
स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा भौतीक संरचनाहरु बन्दै गरेकाले स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनको भनाई छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउन लागेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले बताए ।









