
काठमाडौं ।
आज विश्व रेडियो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।



रेडियोको महत्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरेको छ।
नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.स.२००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो।
औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोको नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।
अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारीमा रहेको छ । अहिले नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी रहेको छ ।
निजी क्षेत्रबाट एफ एम रेडियो संचालन गरिएको २०५२ सालदेखि हो । विभिन्न प्रकारका सञ्चार प्रविधिको विकास भएपनि रेडियोलाई अझैपनि सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मान्ने गरिन्छ ।








