
बुटवल ।
नेपालगन्जबाट बुटवल आउदै गरेको यात्रुवाहक बसमा आगलागी हुदाँ पूर्ण रूपमा क्षति पुगेको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डीमा भे १ ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो। आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए।



१४ यात्रु सवार रहेको बसमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए ।
शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल तथा नेपाल प्रहरीको सक्रियतामा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।









