
काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।



समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भने सहभागी हुने/नहुने टुंगो छैन ।
एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।








