
बुटवल ।
रुपन्देहीमा १ लाख २३ हजार बालबालिकाले कोरोना बिरुद्धको खोप लगाएका छन्।
१२ बर्ष देखी १७ बर्ष उमेर समुहका बालबालिकालाई कोराना बिरुद्धको खोप लगाइएको हो।
एक लाख २२ हजार ६ सय २२ खोप लगाउने लक्ष्य लिएकोमा रुपन्देहीमा लक्ष्य भन्दा बढीलाई खोप लगाईएको छ ।



जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकृत भेषराज र्शामाका अनुसार माघ १७, १८ र १९ गते खोप लगाएइको थियो । तीन दिन सम्म संचालन गरिएको खोप अभियान अन्र्तगत उक्त सङख्यामा बालबालिकाहरुलाई खोप लागाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । अभियानमा छुटेका बालबालिकालाई माघ २० गते खोप लगाईएको शर्माले जानकारी दिए ।
कार्यालयले पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो ।
यस अन्तर्गत २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो। बालबालिकाहरुलाई मोडर्ना खोप लगाईएको हो ।









