
पाल्पा ।
पाल्पामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार अपराह्न तिनाउ गाउँपालिका–२ जलथरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो।
घाइते हुनेमा तिनाउ गाउँपालिका–२ की ३१ वर्षीया सीता सोमई, २८ वर्षीया सीमा पल्ली, ४५ वर्षीया लीला सोमई, ५२ वर्षीया समकली लुइँटेल, २६ वर्षीया गीता बगाले, ४४ वर्षीया निर्मला चिदी र ३३ वर्षीया गीता गाहा छन्।



दोभानबाट माराबासतर्फ जाँदै गरेको लु १ ज १३८२ नम्बरको जीप सडकबाट पाँच मिटर तल खसेको थियो।
जीप बाटोको घुम्ती मोडमा आफैं ब्याक हुन गएर दुर्घटनामा परेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। जीपमा सवार १० जना मध्ये सात जना घाइते भएको र ३ जना भने सकुसल रहेको प्रहरीको भनाई छ ।









