
काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले अहिले बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको बताएकी छन् ।
बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तयारी रहेको छ ।
बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ ।



कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।








