
दाङ ।
टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
राप्ती गाउँपालिका–२ दाङकी ३२ वर्षीया डिला पौडेलको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठक्कर दिएको थियो।



प्रहरीका अनुसार पौडेल साइकलमा दूध बेच्न भालुवाङतर्फ जाँदै थिइन्।
घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्गमै शव राखेर सडक बन्द गराएका छन्। दोषीलाई कडाभन्दा कडा कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले बाटो बन्द गरेका हुन्।









