
काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ ।
निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिएको बताए ।



यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय हुनेसमेत केन्द्रले चेतावनी दिएको छ ।
स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र ईकाई मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।








