
टेकराज भुसाल, ढाकावाङ्ग ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकामा जन भेटघाट कार्यक्रमलाई तिव्रता दिइएको छ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ को आयोजनामा मंगलबार वार्ड नम्वर १ को पोख्राखर्क, कुस्निमारे, राजिमे लगायतका स्थानहरुमा राजमोले जन भेटघाट गरेको हो ।



राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसी, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी, जिल्ला सदस्य मेघराज खनाल, भूमिकास्थान नगर समिति उपाध्यक्ष कविराम खनाल लगायतले राजमोको कार्यदिशा ,पार्टीले खेलेको भुमिका,निति ,सिद्धान्त, आगामी कार्य योजनाहरु तथा समसामयिक राजनिती अबस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो।











