
कुलराज खनाल,सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चाको सहायक संगठन अखिल नेपाल युवक संघ भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को प्रशिक्षणात्मक भेला मंगलबार सम्पन्न भएको छ।
भेलाले गणेश सुनारको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल युवक संघ भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ गठन गरेको छ। जसको उपाध्यक्षमा युवराज खनाल, सचिवमा सुरज क्षेत्री, सहसचिवमा महेन्द्र सुनार र कोषाध्यक्षमा तारा खनाल चयन हुनुभएको छ।



कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसी, लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, केन्द्रीय सदस्य कृष्ण खनाल, अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाल, प्रगतिशील पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्री, राष्ट्रिय जनमोर्चा भुमिकास्थान २ का अध्यक्ष बाबुराम खनाल र भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले प्रशिक्षणात्मक मन्त्वय राख्नुभएको थियो।

कार्यक्रम अखिल नेपाल युवक संघ भूमिकास्थान २ का अध्यक्ष मोहन भुसालको अध्यक्षता, टेकराज भुसालको संचालन र खिम बहादुर राउतको स्वागत मन्त्वयमा कार्यक्रम सम्पन्न भएको थियो।









