
गुल्मी ।
गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ ।
मुसिकोट नगरपालिका –४ स्थित आफ्नै घरमा रोकी राखेको लु २ च २३७८ को एम्बुलेन्समा गए राति साढे १० बजे अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको चालक शंकर बगालेले बताए ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकहरुले खरिद गरी वडा गाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिएका थिए ।
एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।



आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।









