
दाङ ।
दाङमा बन्दकर्ताहरूले जेब्राक्रसिङ पेन्टिङ गरेर सिर्जनात्मक काम गरेका छन् ।
एमसीसीको विरोधमा विभिन्न दलहरुले अह्ववान गरेको नेपाल बन्दमा सहभागीले सडकमा जेब्राक्रसिङमा रङ्ग भरेका हुन् ।
घोराहीको तुलसीपुर चोकमा बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै बन्दको कारण सडक खाली भएको अवस्थामा जेब्रा क्रसिङलगायत ट्राफिक चिन्हको पेन्टिङ गरेका हुन् ।



विप्लवल नेतृत्वको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण दाङको जनजीवन दिनभर प्रभावित बनेको थियो ।









