
दाङ ।
आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले दाङबाट एक जनालाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ शान्तिनगर गाँउपालिका वडा नं ३ स्थित चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगर रहेका छन् ।
उनले आफ्नै सहोदर कान्छो छोरा १९वर्षीय गोपाल मगरको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर
र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









