
दाङ ।
दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएको छ ।
इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए ।



दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो ।
यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता रहेको थियो । अब तुलसीपुरबाट नै राहदानी बनाउन सकिने भएको छ ।
साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु गरिएको हो ।









