
काठमाडौं ।
आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।



प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्भावना रहेको उनले बताए।








