
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका ४ स्लामपुरमा गएराति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलको पछाडी सवार व्यक्तिको मृत्यु भएको हो ।चालक भने घाइते भएका छन्।
गम्भीर घाइते भएका पाल्पा ४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो।
घाइते भएका चालक पाल्पा ५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई भने उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।



गएराति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।









