
कपिलवस्तु ।
नेपाली काग्रेस कपिलबस्तुले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई पार्टीले एक लाख सहयोग गरेको हो ।
कांग्रेस कपिलवस्तुले रंगरेजका छोरा जाबेदलाई उक्त रकम बराबरको चेक तौलिहवा स्थित कांग्रेस पार्टी कार्यालयमा हस्तान्तरण गरेको छ ।
बैकबाट लिएको रिन तिर्न नसके पछि घर लिलाम हुने प्रक्रिया अघि बढे पछि पार्टीले उक्त सहयोग गरेको काग्रेस कपिलबस्तुका सभापति अब्दुल कलामले बताए ।
यस्तै पार्टी कार्यालयमा विगतमा काम गरेका कार्यालय सहयोगी अनिरुद्ध कहारकाी श्रीमतीको काजक्रियाका लागि १० हजार सहयोग गरिएको छ ।
अनिरुद्धको यस अघि नै मृत्यु भएको थियो । अति विपन्न परिवार भएकाले उनका परिवारलाई सहयोग गरिएको पार्टीले जनाएको छ ।



लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य पार्टी जिल्ला सभापति अब्दुल कलामले सो रकम हस्तान्तरण गरेका थिए ।
१ लाखको चेक पाएर खुशी भएका जाबेदले पार्टीले आफ्नो बुवाको केही भए पनि योगदानका कदर गर्दै एक लाख सहयोग गरेकोमा धन्यवाद दिए ।
पार्टी जिल्ला सभापति अब्दुल कलामले पीडामा रहेको पार्टीका २ पुराना कार्यकर्ताहरूलाई केही भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।
आगामी दिनमा कार्यकर्ताहरूको समस्या समाधान गर्न निरन्तर पार्टी लाग्ने उनको भनाई छ ।









