
काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बाँकी भू–भागमा भने मौसम सफा रहने छ।
शुक्रवार बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।



राति पनि पहाडी भू–भागमा सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
बाँकी भू–भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








