
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा एमसीसीबारे निर्णय गर्ने जनाइएको छ ।
नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ ।
तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले भने जसरी पनि एमसीसी पास गर्ने पर्ने अडान लिदै आएको छ । जसका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।



नेकपा एकीकृत समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने भएको हो ।








