
काठमाडौं ।
एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ।
यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो ।
एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो ।
बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।



तर, माओवादी केन्द्र यसमा सहमत छैन भने एकीकृत समाजवादी पार्टीपनि स्पष्ट भइसकेको छैन । यस्तै राष्ट्रिय जनमोर्चा पहिलेदेखि नै एमसीसीको विपक्षमा हुँदा जसपामा पनि यसबारे दुई धार छ ।
संसद बैठक पनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।








