
दाङ ।
दाङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
परपुरुषसँगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने अन्दाजी ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा श्रीमती ५० वर्षिया उमादेवी चौधरी र सोही वडाको मसरिया बस्ने ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालिको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकन्द रिजालले जानकारी दिए। राजधानी दैनिकमा खबर छ ।












