
काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
मौसमविद् विनु महर्जनका अनुसार आइतबार राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।



सोमबार पनि पहाडी क्षेत्रमा हल्का वर्ष र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । मौसम बदली भएका कारण तापक्रम पनि केही घटेको छ ।
सोमबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।








