
रोल्पा ।
बोलेरो गाडीको ठक्करबाट रोल्पामा एक जनाको मृत्यु भएको छ।
सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा आईतबार बिहान करिब १० बजे पैदल हिँडिरहेका ७७ वर्षीय लालबहादुर भुषाललाई ठक्कर दिदाँ उनी घाईते भएका थिए ।



सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ निवासी भुसालको उपचारको क्रममा मृत्यु भएको हो । भुसाललाई लु २ च ६८८६ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको प्रहरीको भनाई छ ।
गम्भीर घाइते भुषाललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक सुनछहरी गाउँपालिका वडा नम्बर २ निवासी १९ वर्षीय लालबहादुर बुढालाई इलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।









