
बुटवल ।
रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो सैनामैना नगरपालिका– ११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिपर र लु ३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार सोही नगरपालिका बनकट्टी बस्ने ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









