
बुटवल ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक युवा पक्राउ परेका छन् ।
ओमसतीया गाउँपालिका–६ का २० वर्षीय ईन्सास अली १८ वर्षीया किशोरीलाइ जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।



आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा ति किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









