
नेपालगन्ज ।
बलात्कार गरेको आरोपमा नेपालगन्जस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवाल पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका गणित विषयका शिक्षक जयसवाललाई बलत्कार अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयसवालले सोही विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार प्रयार गरेको बताइएको छ ।



१५ वर्षीया छात्रामाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए ।
पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअघि नै छात्रामाथि बलात्कार प्रयास गरेको उल्लेख छ ।









