
बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिए ।



निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक मंगलबार बेलुका बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा शव फेला परेको जनाइएको छ ।









