
नेपालगन्ज ।
बाँके प्रहरीले जमुनाहाबाट तीन किलो चरेससहित दुई महिला र एकजना पुरुष गरी तीन जनालाई पक्राउ गरेको छ ।
चरेस बोकेर भारततर्फ गइरहेका बेला सुर्खेत सिमताका वीरेन्द्र हमाल ,दीपा बुढा र जाजरकोटका खिमा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।



कालो प्लास्टिकमा बेरेर चरेस ल्याउने क्रममा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुई महिलाले बोकेको झोलामा कालो प्लास्टिकले बेरेर चरेस राखिएको थियो । शंकाका आधारमा जाँच गर्ने क्रममा चरेस भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले बताए ।









