
काठमाडौँ ।
लोकभाका संकलक, गायक एवं कलाकार जयनन्द लामाको बिहीबार स्वयम्भूमा अन्त्येष्टी गरिएको छ ।
बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँने क्रममा मृत अवस्थामा फेला परेका कलाकारको बिहिबार बौद्ध धर्म अनुसार अन्त्येष्टी गरिएको गायिका इन्दिरा गोलेले जानकारी दिइन् ।



उनको पार्थिव शरिरलाई राष्ट्रिय नाचघर जमलमा २ बजेसम्म राखिएको थियो । त्यसपछि स्वयम्भूमा अन्तिम संस्कारका लागि लगिएको थियो ।
उनलाई श्रद्धाञ्जली दिन फिल्मदेखि गायन क्षेत्रका कलाकारको उपस्थिति थियो ।








