
गुल्मी ।
नेपाल औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व चयन भएकोे छ ।
जिल्ला सदरमुकाम तम्घासमा शनिबार संपन्न छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको उपाध्यक्ष पार्वता थापा, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेल्वासे, सचिव नारायण अर्याल, उप–कोषाध्यक्ष अनन्तराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।



त्यस्तै सदस्यहरुमा हिम बहादुर पौडेल, जय प्रकाश भट्टराई, खिम बहादुर ज्ञवाली निर्वाचित भएको संघले जनाएको छ । हालसम्म औषधि व्यवसायी संघ गुल्मीमा ७१ जना व्यवसायीहरु आवद्ध रहेका छन् ।
अधिवेशनको संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गरेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै निवर्तमान केन्द्रीय अध्यक्ष भट्टराईले औषधि व्यवसायिहरुको समस्या समधानमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।









