
दाङ ।
बाँकेमा प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–५ का २८ वर्षीय यामबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिका–४ बस्ने ३० वर्षीय आकाश परियार र सोही ठाउँ बस्ने ५४ वर्षीय लालबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।



उनीहरूलाई आइतबार दिउँसो करिब पौने ४ बजेतिर बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए।
उनका अनुसार दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई बोरामा राखिएको एक थान चितुवाको छाला बरामद भएको हो।









