
बुटवल ।
बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा आईतबार दिउँसो भएको आगलागी भएको हो ।



इलाका प्रहरी कार्यलय बुटवलका अनुसार टिनले छाएको पुरानो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका चार वटा दमकल, स्थानीय र प्रहरीले दुई घण्टापछि आगलागीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताएका छन् ।
आगलागीका कारण जोडिएको पक्की घर पनि चर्किएको डीएसपी केसीले बताए ।









