
काठमाडौं ।
आज देशका पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नभएकाले बिहीवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य भू–भागको मौसम भने सामान्यतः सफा रहेको छ।



दिउँसो प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको मौसम सामान्य बदली रही सुदूरपश्चिमको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ।
बाँकी भू–भागमा मौसम सामान्यः सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।








