
कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको जीतपुरमा प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ यहि फागुन २७ गते हुने भएको छ । स्थानीय युवाहरुको सक्रियतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो ।
जिल्लाको पहिचान, आर्थिक समाजिक एवं सांस्कृतिक विकासमा टेवा पुर्याउन सडक खाना महोत्सव राखिएको प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ मुल समारोह समितिका संयोजक बुद्धिबहादुर रोकाहाले जानकारी दिए ।



कार्यक्रमको सह–आयोजक लुम्बिनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेको छ । महोत्सवलाई वाणंगगा नगरपालिका र वाणगंगा नगरपालिका वडा नं ४ ले पनि सहयोग गरेको वडा नं ४ का अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथै मगर, थारु, नेवार लगायत विभिन्न जातजातिका स्थानीय तथा मौलिक खानाका परिकार राखिने महोत्सवका निर्देशक सुशील सिंह ठकुरीले बताए ।
महोत्सव फागुन २७ गते शुक्रबार राखिएकोले स्थानीय तथा छिमेकी जिल्लाका परिवारसहित आएर अवलोकन र मनोरन्जन लिन निर्देशक ठकुरीले आग्रह गरेका छन् ।









