
बुटवल ।
ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा संपन्न दोस्रो टेनस्टिल्स मिडिया कप फुटसलको उपाधि बुटवल टुडेले जितेको छ ।
बुद्ध टेलिभिजन र बुटवल टुडेबिचको फाइनल प्रतिस्प्रधामा निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टीमा ३–२ ले बुटवल टुडेले जित निकालेको हो । बुद्ध टेलिभिजन गतबर्षको बिजेता भएपनि यसबर्ष उपबिजेतामा चित्त बुझाउनुपरेको छ ।



उपाधि संगै बुटवल टुडेले २५ हजार नगद राशी तथा उपबिजेता बुद्ध टेलिभिजनले १५ हजार नगद पुरस्कार पाएको खेल संयोजक डिबि सुस्लिङले बताए ।
प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बुद्ध टेलिभिजनका रोहित चौधरी भएका छन् ।
उत्कृष्ट फरवाड रेडियो लुम्बिनीका मोहन न्यौपाने, उत्कृष्ट खेलाडी दैनिक लुम्बिनीका दिपक न्यौपाने, अनुशासित खेलाडि राज्य टेलिभिजनका विष्णु भुसाल,उत्कृष्ट गोलरक्षक बुद्ध टेलिभिजनका रोहित चौधरी र सर्वाधिक गोलकर्ता बुटवल टुडेका सुसान्त मगर भए । प्रतियोगितामा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका विजयीलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ग्लोबल संचारगृहका संचालक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी भुसाल, सम्पादक एन.बी कंडेल, निर्णायक समितिका संयोजक यमलाल भुसाल, प्रतियोगिता संयोजक डिबि सुस्लिङ लगायतले पुस्कार प्रदान गरेका थिए ।
मिडिया कप फुटसलको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।
तिलोत्तमा–७ भलवारी स्थित सनराइज फुटसल एरिनामा भएको प्रतियोगिता रुपन्देहीका १४ वटा सञ्चार गृहमा आबद्ध सञ्चारकर्मीहरु फुटसल मैदानमा थिए ।
यो संस्करणमा रुपन्देहीमा सञ्चालित ४ टेलिभिजन, ४ रेडियो, ३ दैनिक पत्रिका र ३ अनलाइन गरी १४ सञ्चारगृह प्रतिस्पर्धामा रहेका थिए ।








