
काठमाडौँ ।
देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताए ।
अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ।



शनिबार दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही क्षेत्रमा मौसम सामान्यता सफा हुनेछ।
यस्तै राति पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहनेछ।
यसैबीच देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मी सुरु हुँदै गएको छ।








