
पाल्पा फागुन २२
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूका निर्वाचित दलित महिला जनप्रतिनिधिहरूसँग एक कार्यक्रमका बिच छलफल गरेको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सी को अध्यक्षतामा भएको कार्यक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएका दलित महिला जनप्रतिनिधिहरूलाई विगत ५ बर्षमा भएका गतिविधिहरूका बारेमा जानकारी प्रदान गर्नका लागि छलफल कार्यक्रम राखिएको हो ।
छलफल कार्यक्रम रिब्दीकोट गाउँपालिका दलित समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो । छलफल कार्यक्रममा दलित महिलाहरूले जनप्रतिनिधि भए पश्चात् नागरिकहरूलाई प्रदान गरेको सेवा सुविधा एवम उपलब्धहरूका बारेमा आ( आफ्नो वडाको गतिविधि जानकारी गराउनुभएको थियो ।
बैठकमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले देश संघीय संरचना आए पश्चात् केन्द्र,प्रदेश र स्थानीय तहमा महिला तथा दलित महिलाहरूको अधिकार सुनिश्चितता गरेको बताउनुभयो । देशको संरचना अनुसार वडाको हकमा हरेक ५ जना वडा सदस्य मध्ये १ जना दलित महिला सदस्य अनिवार्य गरेको बताउदै सोही अनुसार रिब्दीकोटको ८ वटै वडामा एक एक जना वडा सदस्य निर्वाचित भएको बताउनुभयो । सोही अनुसार गाउँपालिकाले निर्वाचित दलित महिला जनप्रतिनिधिहरूसँग विगत ४ बर्षमा गाउँपालिकाले गरेको भौतिक पुर्वाधारहरूको बारेमा जानकारी गराउनका लागि छलफल बैठक राखेको बताउनुभयो ।अध्यक्ष जिसीले बैठकको क्रममा स्थानीय सरकार निर्वाचित भएर आएसँग विगत ५ बर्षमा गरेका शिक्षा,स्वास्थ्य,यातायात,विधुत,खानेपानी,सिचाइ,कृषि पर्यटन,पुर्वधार सञ्चालन लगाएतका बिषयहरूका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले नेपालको संविधानमा महिलाहरूको अधिकार सुनिश्चित गरेता पनि प्रयाप्त नरहेको बताउनुभयो । विगतको तुलनामा महिलाहरूको हक अधिकार सुनिश्चितता भए पनि प्रयाप्त नरहेको बताउनुभयो । गाउँपालिकाले निर्वाचित दलित महिलाहरूलाई गाउँपालिकाले गरेका कार्यहरूको बारेमा जानकारी गराउने र आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा छलफल गर्नका लागि बैठक राखेको बताउनुभयो ।
बैठकमा विगत ४ बर्षमा भएका गतिविधि र आगामी दिनमा गर्नुपर्ने गतिविधिका बारेमा विविध छलफल सहित निर्णय गरिएको उपाध्यक्ष खनालले बताउनुभयो । बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत पवन अर्याल,शिक्षा शाखा प्रमख मणि खनाल,कार्यपालिका सदस्य दान बहादुर कामी लगाएतको उपस्थिति रहेको थियो ।












