
नारायण घिमिरे भावुक फाल्गुन २३, २०७८,
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको विधान अनुसार १७ जना सहल्लाकार, चार जना कार्यसमिति सदस्य र प्रवक्ता मनोनीत गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको विधानको धारा १२ ९७० ‘ज’ र १२.५ ख २ अनुसार सल्लाहकार, सदस्य र प्रवक्ता मानोनीत गरेका हुन् ।काँग्रेस पाल्पाले सल्लाहकार, सदस्य र प्रवक्ता मानोनीत गरेको छ ।
सभापति श्रेष्ठले सल्लाहकारहरुमा पूर्व केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल,राजनप्रसाद पन्त, निवर्तमान पार्टी सभापति विरबहादुर राना, डा। रामप्रसाद ज्ञवाली, कृष्ण पौड्याल, लक्ष्मण खनाल, रेवन्तबहादुर कार्की, जुद्धबहादुर थापा, केशवराज शर्मा, विष्णुहरी आचार्य, मकबुल मियाँ, श्रीधर प्रसाद भट्टराई, अम्विका पौडेल, रामप्रसाद श्रेष्ठ, खड्गबहादुर कुंवर, मोतिराज ज्ञवाली र रवि भट्टराईलाई मनोनीत गरेका छन् । त्यस्तै उनले जिल्ला कार्यसमिति सदस्यमा शोभाकर न्यौपाने, जनक गाहा, भला विक्रम सिंह, हेमप्रसाद अर्याल विश्व लाई मनोनीत गरेको सभापति सञ्चार सचिवालयले जनाएको छ । सभापतिले ११ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार पाँच जना सदस्य मनोनीत गरेका हुन् । उनले यस अघि सदस्यमा कृष्ण प्रसाद बस्यालाई मनोनीत गरिसकेका छन् । बाँकी छिट्टै मनोनीत गर्ने पार्टी सभापति श्रेष्ठले जानकारी दिए । यस्तै सभापति श्रेष्ठले नेपाली काँग्रेस पाल्पाको प्रवक्तामा त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्राध्यापक शोभाकर न्यौपानेलाई मनोनीत गरेका छन् ।





जिल्ला सभापतिमा निर्वाचित भएसँगै श्रेष्ठले पार्टीलाई पूर्णता दिने र संगठन सुदृढीकरण गर्ने दिशामा क्रियाशील छन् । उनले स्थानीय तहमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन अभियान समेत सञ्चालन गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि एक महिने सांगठनिक सुदृढीकरण अभियान सञ्चालन गरेका सभापति श्रेष्ठ अहिले गाउँ गाउँमा पुगेर जनता, नेता –कार्यकर्ताहरुसँग छलफल, अन्तक्र्रियामा व्यस्त छन् । ‘घर–घरमा जाऔं, नेपाली काँग्रेसलाई जिताऔं’ नारा सहितको अभियान काँग्रेस पाल्पाले सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत जिल्लाका ८१ वटै वडामा अहिले भेला, गोष्ठी र छलफल कार्यक्रमहरु भइरहेका छन् । साथै, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पाल्पाले छिटै पुर्णता पाउने समेत सभापति श्रेष्ठले जानकारी दिए ।









