
काठमाडौं ।
स्थानीय तहको चुनावको लागी आवश्यक रणनीति तय गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
सोमबार पोलिटव्यूरो बैठक बसेर केन्द्रीय कमिटीका एजेन्डा तय गरिएका छन्। बुधबार र बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।



पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
उक्त प्रतिवेदनमाथि आएका सुझावलाई समावेश गरेर परिमार्जनसहित अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रतिवेदन पेश गर्ने छन्।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय चुनाव केन्द्रित र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ।








