
काठमाडौं ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए । तीमध्ये ७९ दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो ।
ऋषि कट्टेल नेतृत्वको दल भने दर्ता नभएको उनले बताए । आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार गरिएको आयोगले जनाएको छ ।
अब वैशाख ३० गते हुने निर्वाचनमा ७९ दलले भाग लिन पाउने छन् ।








