
दाङ ।
दाङमा प्रहरीले चोरी तथा लुटपाटको आरोपमा एक जनालाई प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षीय गणेश कुमार डाँगी रहेका छन् ।



प्रक्राउ परेका डाँगीले घोराही–१३ का ४८ वर्षीय झुका रोका घोराहीबाट पैसा लिएर घरतर्फ जाँदै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट प्रक्राउ गरिएको हो।
उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।









