
काठमाण्डौ ।
आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश–१, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने मौसमविद् निराजन सापकोटाले बताए ।



उनका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बद्ली हुने सम्भावना छ ।
यस्तै, प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








