
बाँके ।
बाँके राप्तीसोनारी गाउँपालिका–२ माथेबास बस्ने १९ वर्षीय राजु कुमालको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही गाउँपालिका–२ खैरीखोलास्थित बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु उद्धार खैरीको निर्माणाधीन बाघको खोर कम्पाउण्डमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









