
काठमाडौं ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ।
अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्याउने प्रवक्ता महतले बताए ।



चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ।
स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित रहने प्रवक्ता महतले जानकारी दिए।








